बागमती इङ्गलिस बोर्डिङ स्कुलको रजत जयन्ती भव्य रूपमा सम्पन्न

बनेपा । बनेपा नगरपालिका वडा नम्बर ८ स्थित बागमती इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो रजत जयन्ती, अभिभावक दिवस, दिक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता तथा विद्यालयका अध्यक्ष प्रताप बैद्यको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा युकेजीमा अध्ययनरत ४१ जना विद्यार्थीहरूलाई दिक्षित गरिएको थियो। प्रमुख अतिथि शाक्य, अध्यक्ष बैद्य, प्रिन्सिपल दिपेन्द्रबहादुर विष्ट लगायतले दीक्षित विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान गरेका थिए।

विद्यालयको २५ वर्षे यात्राका उपलब्धिहरू बारे जानकारी गराउँदै, स्थापनाकालदेखि हालसम्म विद्यालयलाई योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मान गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकाले शिक्षाको गुणस्तर उकास्न सुरु गरेका अभियानहरूबारे जानकारी गराउँदै विद्यालयको प्रयासको प्रशंसा गरेका थिए ।

विद्यालयको उद्देश्य र भविष्यको प्रतिबद्धता
विद्यालयका अध्यक्ष प्रताप बैद्यले गुणस्तरीय, व्यवहारिक, र सैद्धान्तिक शिक्षा प्रदान गर्दै असल नागरिक उत्पादनमा जोड दिएको बताए।

प्रिन्सिपल विष्टले विद्यालयले सुयोग्य नागरिक तयार गर्न हरप्रयत्न गरिरहेको उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, प्याब्सनका पदाधिकारीहरू, विभिन्न विद्यालयका प्रिन्सिपलहरू, संघसंस्थाका प्रतिनिधिहरू, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, अभिभावक, विद्यार्थी, तथा शिक्षकहरूको आकर्षक उपस्थिति रहेको थियो ।

विद्यालयले विभिन्न विद्यामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *