मिल्चेका १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
मिल्चे । खानीखोला गाउँपालिका वडा नं.७ मिल्चेस्थित श्री सीता आधारभूत विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन, गत असोज १२ गते शनिबार गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व,नयाँ वर्ष,मञ्जुश्री सम्वत २८६१ डुल ल्हो(सा पुख्री) सर्प वर्ग सोनाम ल्होछारको अवसरमा,लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजन तथा व्यवस्थापनमा सोमबार शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालयका प्र.अ.वीरबहादुर स्याङतानले सो समारोह वडा सदस्य एवं प्रमुख अतिथि रोहन रुम्बा तामाङको प्रमुख आतिथ्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगमाया घिसिङ तामाङको सभाध्यक्षतामा विद्यार्थीहरुलाई कपि, पेन्सिल, इरेजर, कटर, स्केल वितरण गर्नु भएको समारोहमा शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको जनाएका छन् ।