तामाङ समाज क्रोएसिया
क्रोएसियामा सोनाम ल्होछारको भव्य कार्यक्रम हुँदै
२०८१ माघ २४ गते ११:२४
जाग्रेब । क्रोएसियामा रहेका नेपाली समुदायका लागि यस वर्षको सोनाम ल्होछार विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम— २०८१ हर्षोल्लाषका साथ मनाइने भएको छ। तामाङ समाज क्रोएसियाको आयोजनामा आगामी फेब्रुअरी ९ आइतबार राजधानी जाग्रेबस्थित प्रेच्को २ए (PRECKO 2A) मा यो भव्य कार्यक्रम सम्पन्न हुनेछ। सोनाम ल्होछार मन्जुश्री संवत २८६१ डुल ल्हो/...