रोशी-९ दाउने
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दुर्घटना : ११ घाइते, एकको अवस्था गम्भीर
२०८१ चैत २७ गते ११:२५
बनेपा । बिहीबार बिहान करिब ८:२५ बजे काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–९ दाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। विपी राजमार्गअन्तर्गत उक्त स्थानमा पानी परिरहेको बेला बस चिप्लिएर अनियन्त्रित भई अर्को सवारीसंग ठोक्किएपछि सडकबाट करिब २० मिटर तल खसेको थियो। प्रदेश ३-०१-००६ ख १३३९ नम्बरको यात्रुबाहक बस...