नेपाल शिक्षक महासंघ

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

काठमाडौं । नेपाल सरकार र आन्दोलनरत शिक्षकहरुबीच विभिन्न बुँदामा सहमति भएको छ । गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी बनेको हो । उप–प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको छलफलमा संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयक संविधानसँग नबाझिने गरि महासंघका मागलाई अधिकतम् सम्बोधन...