विश्व सम्पदा क्षेत्र

पर्यटकलाई निःशुल्क सम्पदा पासपोर्ट

पनौती । विश्व पर्यटन दिवसको अवसर पारेर पनौती पर्यटन विकास केन्द्रले पनौती सम्पदा पासपोर्ट सञ्चालनमा ल्याएको छ । ऐतिहासिक, धार्मिक–साँस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा पर्यटकलाई सहजता प्रदान गर्ने उद्देश्यले सम्पदा पासपोर्ट सञ्चालनमा ल्याएको हो । केन्द्रले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै निःशुल्क पासपोर्ट वितरण शुभारम्भ गरेको छ । पनौतीका...