टिकटकबाट भाइरल बनेका गायक सरिता बाजेको निधन

२०८१ फागुन २ गते २०:११

बनेपा । सरिता बाजेको गायकी उपनामले चर्चित बनेका अर्जुनप्रसाद पौडेलको निधन भएको छ । पौडेलको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ ।
काभ्रेपलाञ्चोक पाँचखालका पौडेललाई ज्वरो आएपछि शुक्रबार बिहान धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा दिउँसो निधन भएको हो।
सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएपछि पौडलले केही गीतहरू गाएका थिए ।
५५ वर्षीय पौडेलको आज पाँचखालमा अन्तिम संस्कार गरिने बताइएको छ । उहाँका दुई जना छोरा छन् ।
प्रतिक्रिया
ताजा खबर