क्रोएसियामा सोनाम ल्होछारको भव्य उत्सव: नेपालको झल्को दिने विशेष कार्यक्रम

बनेपा  “विश्वभर छरिएर रहेका तामाङहरू एक हौं, हाम्रो भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गरौं” भन्ने नारासहित क्रोएसियामा सोनाम ल्होछार लक्षित विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली संस्कृति र कलाले भरिपूर्ण त्यस उत्सवले प्रवासी नेपालीहरूमा खुसीयाली, मनोरञ्जन र शुभकामना साटासाटको माहोल सिर्जना गरेको छ ।

क्रोएसियामा रहेका नेपाली समुदाय लक्षित कार्यक्रमले यस वर्षको सोनाम ल्होछार विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम हर्षोल्लाषका साथ सम्पन्न भएको तामाङ समाज क्रोएसियाले जनाएको छ ।

लामागुरु कमल योञ्जनद्वारा मोलम (पूजापाठ) गरि सुरु गरिएको उत्सव राति ९ बजेसम्म चलेको बताइएको छ ।

आफ्नो प्रस्तुति दिँदै गायक कुन्साङ वाईबा

२०२५ फेब्रुअरी ९ (माघ २७ गते) आइतबार राजधानी जाग्रेबस्थित प्रेच्को २ए (PRECKO 2A) मा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको हो । सोनाम ल्होछार मन्जुश्री संवत २८६१ डुल ल्हो/ सा पुख्री सर्प वर्गको पावन अवसरमा आयोजना गरिएको कार्यक्रममा ख्यातिप्राप्त कलाकार पोर्चुगलबाट चर्चित सर्जक तथा सेलो गायक कुन्साङ वाईबा र मेहेन्दोमाया गायक तथा सर्जक पुष्पा वाईबाको आकर्षक प्रस्तुति रहेको थियो ।

आफ्नो सांगितिक प्रस्तुति दिँदै मेहेन्दोमाया गायक तथा सर्जक पुष्पा वाईबा

सँगै स्थानीय कलाकारहरू तामाङ समाज क्रोसियाका वरिष्ठ उपाध्यक्ष बुद्ध लामा, गायिका दीपा तामाङ, माया थोकर, बिजय पाख्रिन, सनेत लामा, डीओपी (DOP) ब्याण्ड लगायतले आ-आफ्नो प्रस्तुति दिएर उत्सवलाई थप उम्दा बनाएका थिए ।

एनआरएनए क्रोएसियाका अध्यक्ष सुर्य बहादुर थिङ (साइमन लामा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथसाथै ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम पनि राखिएको थियो ।

क्रोएसियन नागरिक अतिथि र दर्शकको रुपमा उपस्थित कार्यक्रममा ७०० जनाभन्दा धेरै दर्शकहरूको उपस्थिति रहेको बताइएको छ । क्रोएसियाका विभिन्न शहरहरूमा पेशागत रूपमा कार्यरत तामाङ दाजुभाइ तथा दिदीबहिनीहरू एवं ल्होछार प्रेमीहरूको उपस्थितिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो ।

तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाशचन्द्र तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई सुकबहादुर तामाङ,  दिपक तामाङ र अमृता स्याङ्तानले सञ्चालन गरेका थिए ।

आफ्नो प्रस्तुति दिँदै तामाङ समाज क्रोएसियाका वरिष्ठ उपाध्यक्ष बुद्द लामा

कार्यक्रममा विशेष अतिथिको रुपमा युवा समाजसेवी एवं आप्पा कम्पनीका प्रबन्ध निर्देशक दावा लामाको उपस्थिति रहेको थियो ।

तामाङ समाज क्रोएसियाले प्रवासमा तामाङ समुदायको धर्म, संस्कृति, भेषभूषा, परम्परा, रीतिरिवाजको संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको छ ।

कार्यक्रममा विभिन्न समूहको नृत्य प्रस्तुति समेत रहेको थियो । तामाङ सेलो ग्रुप डान्समा सलोमी तामाङ, क्यालिआना तामाङ, ग्याल्छेन तामाङ, जीवन छोयङ्ग तामाङ, स्वागत ग्रुप डान्समा तामाङ समाज क्रोएसियाको तर्फबाट क्यालिआना तामाङ, सुजी तामाङ, सलोमी पाख्रिन तामाङ, शिरिशा चोदेन तामाङ, ग्याल्छेन तामाङ, राजेन्द्र तामाङ, जीवन (छोयङ्ग) तामाङ, विवश घिसिङ तामाङले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै तामाङ सेलो मिक्स गीतमा सबिता तामाङ, सलोमी तामाङ र शिरिशा चोदेब तामाङले उत्कृष्ट नृत्य गरेका थिए ।

त्यस्तै मेहेन्दोमाया ग्रुप डान्स कार्यसमितिबाट नर्बु तामाङ, विशाल योञ्जन तामाङ, जीवन (छोयङ्ग) तामाङ, राजेन्द्र घलान तामाङ, जीवन घलान तामाङ, सोमती तामाङ, शर्मिला पाख्रिन तामाङ, अञ्जली माया तामाङ, शिरिषा चोदेन तामाङ र सलोमी तामाङले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको रमझममा खुसीयाली साट्दै सहभागिहरू
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *