चौथो रोशी कप तथा इण्डो-नेपाल कराँते: फारम खुला, प्रतियोगिता नजिकिंदै

रोशी । रोशी गाउँपालिकामा यही फागुन ९ र १० गते चौथो रोशी कप तथा प्रथम इण्डो-नेपाल फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८१ आयोजना हुने भएको छ। खेलमा भारतिय खेलाडीको समेत सहभागिता रहने बताइएको छ ।

रोशी गाउँपालिका-७, कटुञ्जेवेंशीस्थित रोशी माध्यमिक विद्यालयमा हुने प्रतियोगिता रोशी गाउँपालिका-५ स्थित नेपाल खेलकुद तथा सामाजिक विकास केन्द्रको आयोजनामा सम्पन्न हुनेछ। प्रतियोगिता विश्व स्वतन्त्र क्योकुशिन संगठन नेपालको संयोजन र रोशी गाउँपालिकाको सहयोगमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

 

प्रतियोगितामा पुरुषतर्फ ५०kg, ५५kg, र ६०kg तथा महिलातर्फ ५०kg र भारी तौल समूह निर्धारण गरिएको नेपाल खेलकुद तथा सामाजिक विकास केन्द्रका अध्यक्ष दिल दोर्जे लामाले जानकारी दिए । इच्छुक प्रतियोगीहरूले फारम भर्ने अन्तिम मिति २०८१ फागुन ६ (18 February 2025) भित्र आवेदन दिन आयोजकले आग्रह गरेको छ।

प्रतियोगितामा विजेताहरूका लागि निम्न पुरस्कार व्यवस्था गरिएको छ:

पहिलो पुरस्कार: रु. ५०००

दोस्रो पुरस्कार: रु. २५००

तेस्रो पुरस्कार (२ जना): रु. १०००/१०००

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री तिर्थ लामा रहनेछन्। विशेष अतिथिका रूपमा जिल्ला समन्वय समिति उपप्रमुख रिम बहादुर तामाङ, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिम बहादुर वाइबा (ज्वाला), जिल्ला खेलकुद विकास समिति अध्यक्ष मानविर लामा उपस्थित हुनेछन्।

प्रतियोगिताको समापन समारोहमा पूर्व मन्त्री महागुरु जगत प्रसाद गौचन प्रमुख अतिथिका रूपमा रहनुहुनेछ। खेलप्रेमीहरूका लागि यो प्रतियोगिता उत्कृष्ट अवसर हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *