टोल सरसफाइ तथा जनचेतना अभिवृद्धि अभियानको १३४ औं शृङ्खला
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.५ जोरपाटीमा तराना महिला विकास समिति र तराना कला केन्द्रको सक्रियतामा शुभ बिहानी महिला समूहको सहकार्यमा शनिबार”वातावरण स्वच्छ राख्ने हाम्रो अभियान,सुन्दर सफा हरित नगर हाम्रो पहिचान” भन्ने मुल नाराकासाथ टोल सरसफाइ तथा जनचेतना अभिवृद्धि अभियानको १३४ औं शृङ्खला सम्पन्न भएको छ ।
अभियानकी संयोजक एवं अभियन्ता वसन्ती लामाको नेतृत्वमा आयोजित सो अभियानमा तराना महिला विकास समिति, तराना कला केन्द्र, शुभ बिहानी महिला समूहका सदस्यहरु, अभियानका अभियन्ताहरु क्रमशः प्रमिला डंगोल,रीना भण्डारी, सुनिता गिरी, दिना सुवेदी, विनिता श्रेष्ठ, सन्तोषी बानियाँ, अम्बिका लामा, गिता घिमिरे, भगवती नेपाल, सोभित गिरी, शुभ बिहानी महिला समूहकी अध्यक्ष गंगा खतिवडा लगायतका महानुभावहरुको सहभागितामा सरसफाइसहित जनचेतनामूलक कार्य गरिएको थियो ।