मोबाईलमा गोली लागेर जोगियो ज्यान

काठमाडौं । दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले आज ललितपुरको बालकुमारी क्षेत्रमा प्रर्दशन गरेका थिए ।

प्रर्दशनका क्रममा उनिहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरे । आगजनी पछि त्यस क्षेत्रको अवस्था तनाबपूर्ण रह्यो ।

स्थितीलाई नियन्त्रणमा दिन प्रहरीले सबै बल प्रयोग गर्‍यो । प्रहरीले स्थिती नियन्त्रणमा दिन भन्दै चलाएको गोली लागेर दुई युवाको ज्यान गएको छ । केही गम्भिर घाईते भएका छन् ।

प्रहरीले हानेको गोली पाईन्टको खल्तीमा राखेको मोवाईलमा लागेर एक युवा भने सकुशल रहेको खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *