ल्यापटप र मोबाईल चोरी गर्ने तामाङ पक्राउ

बनेपा । पनौतीमा डेरा गरि बस्ने ल्यापटप र मोबाईल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाले सुजन तामाङलाई पक्राउ गरेको हो । तामाङको स्थायी घर महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वडा नं. ८, बडडाँडा हो ।

२२ वर्षीय सुजनले पनौती, बनेपा लगायतका क्षेत्रहरुबाट मोबाइल र ल्यापटप चोरेको उजुरी आएपछि अनुसन्धान गर्दै जाँदा उनी बसेको डेराबाट चोरीका सामाग्रीहरु बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

पक्राउ परेका तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *