सिल्क हेयरको ग्राण्ड सेमिनार पोखरामा सम्पन्न

पोखरा । सिल्क हेयरको ग्राण्ड सेमिनार पोखरामा सम्पन्न भएको छ । सिल्क हेयरका अध्यक्ष रक्की लामाको अध्यक्षता र प्रतिक्षा लामाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सेमिनारमा सिल्क हेयर गण्डकी प्रदेशको लागि आधिकारिक विक्रेता लास्योङ इन्टरप्राइजेज प्रमुख अनिश थोकर र लास्योङ इन्टरप्राइजेज मार्केटिङ निर्देशक रुबन लामाको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा सिल्क हेयरका विभिन्न उत्पादनहरुको बारेमा जानकारी गराइएको थियो । उक्त कम्पनीका प्राविधिकले विभिन्न उत्पादनहरूको डेमो समेत प्रस्तुत गरि जानकारी गराएका थिए । गण्डकी प्रदेशका ११ वटा जिल्लाबाट प्रतिनिधित्व हुने गरि सेमिनारको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । सेमिनारमा ३०० जना व्युटिसियनहरू सहभागि भएका थिए ।
ब्युटिसियनहरूलाई उद्यमशील बनाउन कार्यक्रय गरिएको आयोजक कम्पनीले जनाएको छ । सेमिनार तमुस्यो व्युटी होम, परि ब्युटी पार्लर र तेजु व्युटी पार्लरसँगको समन्वयमा गरिएको जनाइएको छ । सेमिनार कार्यक्रम पोखरा स्थित होटल पौवामा भएको थियो ।
नेपालका विभिन्न प्रदेशमा भइरहेको कार्यक्रमको समापन पश्चात काठमाडौंमा समेत विशेष सेमिनारको आयोजना हुने जनाइएको छ । सिल्क हेयरका उत्पादन विभिन्न सौन्दर्य सामग्रीहरू नेपालमा उल्लेख्य रुपमा प्रयोग हुँदै आएका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *