आत्महत्याबाट मृत्यु भएका बास्तोलाको शव नेपाल ल्याउन पहल
बनेपा । आत्महत्याबाट क्रोएसियामा मृत्यु भएका ३५ वर्षिय युवा लक्ष्मण बास्तोलाको शव नेपाल पुऱ्याउन एन.आर.एन. क्रोसिया लगायतका संघसंस्थाले पहल गरिरहेका छन् ।
मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिका वडा न. ०५ घर भई क्रोएसियाको जाग्रेभमा बिगत १ बर्ष देखि काम गर्दै आएका बास्तोलाको गत बुधबार काम गर्ने स्थानमा आत्महत्याबाट मृत्यु भएको हो ।
बास्तोला परिवारको आर्थिक अवस्था कमजोर रहेको र मृतकको पार्थिव शरीर नेपालसम्म पुऱ्याउन आर्थिक संकलन काम भएको तामाङ समाज क्रोएसिया फुटबलका मुख्य प्रशिक्षक अर्जुन मोक्तान (अविरल)ले जानकारी दिए ।
बास्तोला परिवारले शवलाई नेपाल ल्याउनका लागि आग्रह गरेसँगै शव नेपाल पुऱ्याउन आर्थिक संकलनको कार्य सुरु गरिएको हो ।
प्रवासीको रुपमा क्रोएसिया कार्यरत नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूबाट सहयोग संकलनको कार्य भइरहेको र मृतकको शव नेपालसम्म पुऱ्याउन यथाशक्य सहयोग गर्न अपिल गरिएको छ । बास्तोलाको शव नेपाल पठाउन ८-१० हजार युरो खर्च लाग्ने बताइएको छ ।